शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दशैंमा फिल्म ‘लक्ष्मी पूजा’ रिलिज हुने

सोमबार, ०५ असोज २०७७, १७ : ०४
सोमबार, ०५ असोज २०७७

काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिल्म ‘लक्ष्मीपूजा’ यहि दशैंमा रिलिज हुने भएको छ । समिर मियाँको निर्देशन रहेको फिल्मको निर्माता शोभित बस्नेत हुन् ।  फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।

निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैं र तिहारको परिवेश देखाइनेछ ।  फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुसालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायाँकन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप