ओली–प्रचण्डविरुद्धको मुद्दा तामेलीमा राख्न सर्वोच्चको आदेश
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अवहेलनाको मुद्दा तामेलीमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले तत्कालिन एमाले र माओवादी केन्द्रका अध्यक्ष रहेका ओली र प्रचण्डविरुद्ध झण्डै ३ वर्षअघि परेको मुद्दा तामेलीमा राख्न आदेश दिएको हो ।
‘सम्वन्धित व्यक्तिले समय गुजारेकाले उक्त मुद्दालाई तामेलीमा राख्न आदेश भएको हो’, सर्वोच्च स्रोतको भनाई छ ।
गत २०७४ साल मंसिर १० गते हुने तय भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छु्टटाछुटटै हुनुपर्ने र मतपत्र समेत फरकफरक हुनुपर्ने मागसहितको रिटमा अदालतको आदेशविरुद्ध अवहेलना हुनेगरी ओली र प्रचण्डले अभिव्यक्ति दिएको भन्दै मुद्दा परेको थियो ।
२०७४ कार्तिक १३ गते तत्कालीन राजपाका नेता समेत रहेका सर्वेन्द्रनाथ शुक्लाले उक्त मुद्दा दर्ता गरेका थिए ।
उनले ओली र प्रचण्ड दुवैलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरेका थिए । अदालतको पछिल्लो आदेशपछि यो मुद्दा अव अघि नबढ्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
-
ईश्वरी भुजेल हत्या प्रकरण : पूर्वगृहमन्त्री गुरुङ बालाजु प्रहरी वृत्त पुगे, दोषीमाथि कडा कारबाहीको माग
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण