प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या घट्न थाल्यो

धनुषा । प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या घट्न थालेको छ । आज प्रदेश २ मा ३७ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजयकुमार झाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज ९ महिला र २८ पुरुष गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनले थप ३७ सहित प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १३ हजार १०८ पुगेको र सक्रिय सङ्क्रमित पाँच हजार ८०३ रहेको बताए ।
झाले आज थपिएकामा सिरहामा ६, धनुषामा एक, सर्लाही र सप्तरीमा १५ /१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताए । उनले आज कोरोना भाइरसका कारण प्रदेश नं.२ मा सिरहाको औरही गाँउपालिका वडा नं. ३ का एक ५० वर्षीय पुरुषको मृत्यु भएको बताए । योसँगै प्रदेश २मा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय २३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
यात्रुहरू समस्यामा परेपछि महानगर यातायात प्रालि पत्रकार सम्मेलन गर्दै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?
-
इजरायलमा रहेका नेपाली भन्छन् : अहिलेसम्मकै खतरनाक युद्ध भोग्यौँ