बेयर ग्रिल्ससँग मिलेर अक्षय कुमारले बनाए इतिहास
बलिउड फिल्म अभिनेता अक्षय कुमार हालै शो ‘इन टु द वाइल्ड विथ बेयर ग्रिल्स’ मा देखिएका थिए । यो शो अहिलेसम्मको सबैभन्दा धेरै पटक हेरिएको टिभी शोको बनेको छ । इन टु द वाइल्स विथ बेयर ग्रिल्सको अक्षय कुमार भएको एपिसोड १४ सेप्टेम्बर २०२० मा प्रसारण भएको थियो । यो शो वर्षको सबैभन्दा धेरै पटक हेरिएको टिभी शो बनेको छ ।
यो शोलाई यसै वर्ष जनवरीमा कर्नाटकको बान्दीपुर टाइगर रिजर्वमा सुट गरिएको थियो । यो शोले इतिहासमा अहिलेसम्म धेरैपटक हेरिएको कार्यक्रमको सूचीमा दोस्रो स्थान ओगटेको छ । अक्षय कुमार भएको इन टु द वाइल्ड विथ बेयर ग्रिल्स कार्यक्रम इन्फोटेनमेन्ट जनरामा सर्वाधिक हेरिएको दोस्रो शो बनेको हो । यसले २४ लाख इन्प्रेशन पाएको छ ।
Man Vs Wild Featuring Akshay Kumar and Bear Grylls created History :
— Ujjwal (@ujjwalanand007) September 24, 2020
*Most Watched show of the year
*2nd most watched show ever in Infotainment genre
* 1.1 cr impressions in premiere episode
* 2.6 cr impressions in 1st week
* 2nd Highest rated show ever in Infotainmnet genre 🔥 pic.twitter.com/1habhqYTAN
प्रधानमन्त्री नरेन्द्र मोदी र सुपरस्टार रजनीकान्तपछि अक्षय यो शोमा समावेश भएका तेस्रो भारतीय हुन् ।
Our original IP- Into The Wild with @BearGrylls & @akshaykumar creates history. Emerges as the most watched TV show of the year in the infotainment genre and second most watched ever in the history of infotainment genre. pic.twitter.com/PPetyFa5FO
— Discovery Channel India (@DiscoveryIN) September 24, 2020
यस्तै डिस्कभरी नेटवर्क च्यानलले यसको प्रिमियरमा लगभग १.१ करोडले हेरेका थिए । डिस्कभरी नेटवर्क च्यानलमा पहिलो हप्तामा लगभग २.६ करोडले शो हेरेका थिए । शोलाई सोसल मिडियामा #KhiladiOnDiscovery सहित १.३१ बिलियन व्यक्ति माझ पुग्यो र २.९ बिलियन इम्प्रेशन प्रदान गरेर शोका लागि ठूलो चर्चाको विषय बन्यो । अक्षय कुमारलाई शोमा डोरीमा हिँडेको र एक अग्लो रुख चढेको देख्न सकिन्छ भने उनलाई एक हार्नेस बनाइरहेको पनि हेर्न सकिन्छ । उनले डोरीले बनाएको भर्याङ चढ्ने नयाँ तरिका सिके र केही साहसिलो स्टन्ट पनि गरे । अक्षयले शोमा आफ्नो बाल्यकालको स्मरण बेयर ग्रिल्ससँग साझा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

