सनराइज बैंकको ५०औं शाखारहित बैंकिङ्ग सेवा सीतापुर खजुरामा
काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा ५० औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
शुक्रबार खजुरा वडा नं २ का कार्यवाहक वडा अध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा बैंकिङ्ग सेवाको सुरुवात भएको थियो । वडा अध्यक्ष गुरतालले बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधिसुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
कार्यक्रममा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मंडल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टी.एम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण