दीपिका पादुकोणले ‘ड्रग्स च्याट’ स्विकारिन्, सारा–श्रद्धाद्वारा ड्रग्स सेवन नगरेको दाबी
सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको बलिउड ड्रग कनेक्सनमा शनिबार बलिउडको सबैभन्दा ठूलो पेशी भए । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गर्यो । स्रोतका अनुसार सारा र श्रद्धाले ड्रग्स सेवनको कुरा अस्विकार गरे ।
एनसीबीले दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गर्दा दुबैले सन् २०१७ मा अक्टोबरमा ठ्रग्स च्याटको कुरा स्विकार त गरे तर दुबैले सिधा जवाफ नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
यो च्याटमा दुबैले ड्रग्सबारे चर्चा गरिरहेका थिए र क्लब कोकोमा भेट्ने योजना बनाएका थिए । एनसीबीले यसकै लागि सोधपुछ गरेको थियो । उता श्रद्धा कपुर र सारा अली खानसँग एनसीबीको बेलार्ड एस्टेटस्थित अफिसमा सोधपुछ गरिएको थियो ।
स्रोतका अनुसार दीपिकालाई सुरुमा नै उनीमाथि लागेको आरोपबारे प्रश्न सोधिएको थियो । डेटा ब्याकअपका लागि दीपिकाका दुईवटा मोबाइल पनि लिइए । उनलाई यसबारे कोही संदिग्ध वा आरोपीसँग कुरा नगर्न पनि भनिएको छ । उनलाई तीन चरणमा सोधपुछ गरिने जसका लागि ३–४ राउन्ड पनि हुनसक्ने जानकारी गराइयो ।
एनबीसी अधिकारीले करन जोहरको पार्टीलाई दिए क्लिच चिटः
सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार विवादमा घेरिएका करन जोहरले राहत पाएका छन् । गत वर्ष उनको घरमा पार्टी भएको थियो । त्यसमा विकी कौशल, दीपिका पादुकोण आदि कलाकारमाथि ड्रग्स लिएको आरोप लागेको थियो । शनिबार बेलुका एनसीबीका अधिकारीले त्यो भिडियोलाई क्लिन चीन दिए । एनबीसी अधिकारी अशोक जैनले उक्त भिडियोको सम्बन्ध यो मुद्दासँग नभएको जानकारी दिँदै यो भिडियोको अनुसन्धान नहुने बताए ।
एनसीबीले भने, ‘ड्रग्स केसमा अहिलेसम्म १८ जना पक्राउ गरिएको छ । शनिबार करिश्मा प्रकाश, सारा अली खान, दीपिका पादुकोण र श्रद्धा कपुरको बयान दर्ता गरियो । क्षितिज प्रसादलाई पक्राउ गरियो । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण