सुदूरपश्चिम प्रदेशमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सक्रिय संक्रमितमध्ये अछाममा १३०, बैतडीमा ८०, बझाङ्गमा ११३, डडेल्धुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८, कैलालीमा ५३१, र कञ्चनपुरमा ४७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा गरिएको परीक्षणमा कैलालीका ५४, कञ्चनपुरका १३, बैतडीका २, डोटीका १५ र अछामका १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की ले जानकारी दिए ।
प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ८८३ पुगेको छ । विभिन्न अस्पतालबाट थप १० जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ८८३ पुगेको उनले बताए ।
त्यसै गरी विभिन्न अस्पतालहरुमा ५३ कोरोना संक्रमितको उपचार भईरहेको छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुर १२, महाकाली १३, अछाम १०, डोटी २, र डडेल्धुरामा ३ जनाको उपचार भईरहेको छ ।
यता, प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण