मन्त्रिपरिषद् बैठक सकियो, यस्ता छन् निर्णय
आइतबार, ११ असोज २०७७, १५ : २९
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । आआइतबार मध्यान्ह प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको उनको भनाइ छ । मन्त्रीमण्डल हेरफेर तथा थप गर्नेबारे पछिल्लो समय नेकपा दुई अध्यक्षबीच छलफल चलिरहेको छ । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याउनेबारे पनि चर्चा चलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण