प्रदेशको नीति तथा योजनाको वार्षिक प्रतिवेदन हस्तान्तरण
आइतबार, ११ असोज २०७७, १७ : ४०
धनुषा । प्रदेश नं २ को नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रदेश सरकारलाई आज हस्तान्तरण गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई आयोगका उपाध्यक्ष डा .गेन्द्र झाले सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदनमा गत आवको उपलब्धि एवं नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । प्रतिवेदनमा विषयगत मन्त्रालयको बजेट सीमा निर्धारण र मार्गदर्शन, मध्यकालीन खर्च संरचना, प्रदेशको प्रथम आवधिक योजना, दिगो विकास लक्ष्यका मार्गचित्र, जनसाङ्ख्यिक स्थिति विवरण, प्रदेश पाश्र्वचित्र, प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन एवं प्रदेश योजना तथा कार्यक्रम दिग्दर्शन राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण