कुटपिटको आरोपबीच एकपटक पुनः एक भए पूनम पाण्डे– स्याम बम्बे
सेलिब्रिटीको जीवनमा कहिले के हुन्छ, त्यो थाहा पाउन मुश्किल छ । फिल्ममा त ट्विस्ट देख्न पाइन्छ भने कलाकारको नीजि जीवनमा थुप्रै नाटकीय मोड आइरहन्छन् । यसको सबैभन्दा ठूलो उदाहरण पूनम पाण्डे हुन् ।
पूनम पाण्डेले हालै विवाह गरेकी थिइन् । विवाहको १२ दिनपछि नै उनले श्रीमान् स्याम बम्बेमाथि कुटपिटको आरोप लगाइदिइन् । एफआईआरसमेत दर्ता गरिन् । एक–अर्कालाई आरोप प्रत्यारोपको ओइरो लागे । तर अब यी दुईको पुनर्मिलन भएको छ ।
स्यामसँग विवाह गरेर जीवन बर्बाद भएको बताउने पूनम पाण्डेले अब उनले श्रीमान् स्यामलाई असाध्यै माया गर्ने बताइन् । उनले स्यामसँग आफ्नो मतभेद सुल्झाएको पनि बताइन् ।
एक भारतीय समाचार एजेन्सीलाई दिएको अन्तरवार्तामा पूनम पाण्डे र स्यामले आफूहरु पुनः एक भएको बताए । यसबारे पूनम भन्छिन्, ‘हामी आफ्नो मतभेद सुल्झाउने कोसिस गरिरहेका छौं । निकै हदसम्म कुरा मिलिसकेको पनि छ ।’ यस्तै स्यामले त सबैकुरा ठिक भइसकेको दाबी गरे ।
स्यामले विवादको कुरालाई बढाईचढाई गरेर देखाएको बताए । उनी भन्छन्, ‘सबैकुरा बिग्रिएको थियो । सानो कुरालाई निकै बढाएर देखाइयो । तर त्यस्तो केही पनि थिएन ।’
यस्तै पूनम पाण्डेले आफू स्यामलाई पागलले झैं माया गर्ने बताइन् । हरेक विवाहमा विवाद हुने तर त्यसलाई सुल्झाउन सक्ने उनको मान्यता छ । यतिबेला उनी निकै खुसी छिन् ।
पूनम पाण्डे बिस बसको नयाँ संस्करणमा देख्न सकिने अनुमान गरिएको छ र यो विवाद पनि त्यसैले निम्त्याइएको हुनसक्ने बताइएको छ । तर पूनमले यस्ता आरोप अस्विकार गर्दै आफू बिग बसमा नजाने घोषणा गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
