बाइडेनले मंगलबारको बहसभन्दा अघि वा पछि आफ्नो ‘स्वास्थ्य परीक्षण गरून्’: ट्रम्प
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो प्रतिद्वन्दी जो बाइडेनको मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले अमेरिकी राष्ट्रपतिका लागि गरेका प्रचारप्रसारका क्रममा देखिएको ‘निद्रा’ र आक्रामक शैलीप्रति व्यङ्ग्य गर्दै ट्रम्पले बाइडेनको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले ट्वीटमार्फतले लेखे, “निर्वाचनको अभियानमा रहेका बाइडेनको शारीरिक व्यवहारले परीक्षणको आवश्यकता देखाउँछ । मेरो दृढ माग मङ्गलबार राति बहस हुनुभन्दा अघि वा पछि उहाँको परीक्षण होस् भन्ने हो ।”
ट्रम्पले आफ्नो दावीको लागि कुनै ठोस प्रमाण पेश नगरिकन नै भने, “स्वाभाविक रूपमा, म पनि ‘एउटा’ लिन सहमत छु । निर्वाचन बहसलाई हल्का रूपमा राख्न अमेरिकी इतिहासमा मैले रेकर्ड स्थापित गरेको छु । बाइडेनमा ड्रग्सको विसंगति देखिएको हुन सक्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण