ट्रम्पमाथि कर छलीको आरोप : सन् २०१६ मा मात्र ७५० डलर कर तिरे
‘द न्यूयोर्क टाइम्स’ ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर छली गरेको आरोप लगाएको छ । पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार सन् २०१६ मा ह्वाइट हाउस प्रवेश गर्दा उनले आर्थिक वर्ष २०१६–१७ का लागि मात्र ७५० डलर (करिब ८८ हजार नेपाली रुपैयाँ) मात्र कर तिरेका थिए । सोही अवधिमा उनको कम्पनीले भारतमा १ लाख ४५ हजार ४०० डलर कर तिरेको थियो ।
रिपोर्टका अनुसार पछिल्लो १५ वर्षमा १० वर्ष उनले कर नै तिरेनन् । आफूले आम्दानी गरेकोभन्दा बढी घाटा भएको देखाउँदै ट्रम्पले कर नतिरेको बताइएको छ ।
यता, राष्ट्रपति ट्रम्पले भने न्यूयोर्क टाइम्सको रिपोर्टलाई फर्जी भएको बताएका छन् । अमेरिकी राष्ट्रपतिका लागि आफ्नो निजी वित्तीय व्यहोरा जारी गर्न आवश्यक छैन तर रिचर्ड निक्सनदेखि बराक ओबामासम्मले आफ्नो निजी वित्तीय व्यहोरा सार्वजनिक गरेका छन् ।
ट्रम्पले भने आफ्नो इन्कम ट्याक्स (आयकर) रिटर्न सार्वजनिक गर्न अस्वीकार गर्दै यस परम्परालाई तोडेका थिए । सन् २०१६ को चुनावमा पनि ट्रम्पको ट्याक्स रिटर्नको मुद्दा उठेको थियो, उनको पूरा कार्यकालको दौरान पनि यो विषय एउटा मुद्दा बनिरह्यो ।
राष्ट्रपति चुनावका लागि हुन लागेको परम्परागत ‘प्रसिडेन्सियल डिबेट’ भन्दा ठीक अघि यो रिपोर्ट प्रकाशित भएको छ । पहिलो बहस २९ सेप्टेम्बरका लागि तय छ । दोस्रो बहस १५ अक्टोबर र तेस्रा २२ अक्टोबरका लागि तय छ ।
Teachers paid $7,239
— Team Joe (Text JOE to 30330) (@TeamJoe) September 28, 2020
Firefighters paid $5,283
Nurses paid $10,216
Donald Trump paid $750 pic.twitter.com/5YE1cbYsBN
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण