केबीसीको सेटमा जब छल्कियो अमिताभ बच्चनको आँसु, प्रशंसक पनि भए भावुक
रियालिटी टिभी शोज भारतमा अत्यधिक चर्चित छन् । यसका एउटा कारण यो पनि हो कि कार्यक्रममा दर्शकले उनीहरुको सेलिब्रिटीको वास्तविक रुप देख्न पाउँछन् र अर्को कारण यो हो कि यहाँ थुप्रै इमोसन पनि देख्न पाइन्छ, जसमा सायद पहिला तपाईंको ध्यान गएको छैन । यस्तै एउटा कार्यक्रम हो कौन बनेगा करोडपति ।
२० वर्षदेखि चल्दै आएको यो कार्यक्रमको सिजन १२ सुरु हुँदैछ । यो अवधिमा थुप्रै मानिसहरुको इमोशन, ठूलो बाध्यतायुक्त पल र खुसी देख्न पाइएको छ । प्रतियोगीका साथै कार्यक्रम प्रस्तोता अमिताभ बच्चनको पनि थुप्रै रुप यहाँ देख्न पाइएको छ । कार्यक्रममा अमिताभ थुप्रै पटक रोएका पनि छन् ।
आज ती घटनाबारे कुरा गरौं जब अमिताभले आफ्नो आँसु रोक्न सकेनन् ।
अमिताभको ७५ औं जन्मदिनको मौकामा केबीसीले एउटा विशेष भिडियो देखाएको थियो जुन हेरेर उनी निकै भावुक भएका थिए । उक्त भिडियो अमिताभको नैनीतालस्थित कलेज शेरवूडको थियो । भिडियोमा उनलाई मानिसहरुले जन्मदिनको शुभकामना दिएका थिए । भिडियोको अन्त्यसम्म अमिताभको आँखा रसिला भइसकेका थिए र पछि उनले आँसु रोक्न पनि सकेनन् ।
जब पिता हरिवंश राय बच्चनको कविता सुनाएः
केबीसीको ११ औं संस्करणमा सन्त रहिमबारे प्रश्न सोधिएको थियो जसका कारण उनलाई आफ्ना पिता हरिवंश राय बच्चनको याद आएको थियो । अमिताभ त्यतिबेला रोएका त थिएनन् तर पिताले लेखेका कविता सुनाउने बेला उनी निकै भावुक भने भएका थिए ।
अर्को एउटा जन्मदिनको शुभकामनाले गरिदियो भावुकः
आफ्नो जन्मदिनमा बनेको अर्को एउटा भिडियो देखेपछि अमिताभ निकै भावुक भएका थिए । उक्त भिडियोमा उनले आफ्ना आमा–बुवासँग बिताएको आफ्नो वाल्यकालका पल देखाइएको थियो । यसमा उनले आँसु पुछ्दै भनेका थिए, ‘भावुक गरिदिन्छन् उनीहरुले ।’
जब एक प्रतियोगीले सुनाए आफ्नो कहानीः
केबीसीको ११ औं संस्करणमा मारिएटा मेन्दिस नामकी एक प्रतियोगीले आफ्नो बाल्यकालसँग जोडिएको आघातबारे बताएकी थिइन् । उनले आफ्नो आमा–बुवाले उनलाई अनाथालयमा छोडिदिएको र त्यहाँबाट एक परिवारले उनलाई धर्मपुत्रीको रुपमा स्विकार गरेको बताइन् । पछि त्यो परिवारले पनि मारिएटालाई छोडिदिए । यो सुनेर अमिताभले आफ्नो आँसु रोक्न सकेनन् । उनले भावुक हुँदै मारिएटालाई भनेका थिए, ‘आजबाट पूरा केबीसी परिवार तपाईंको परिवार हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?