‘अफेयर’ का कारण चर्चामा रहने रणवीर कपूरका ६ प्रेमिका
एजेन्सी – बलिउड अभिनेता रणवीर कपूर ३८ वर्षका भए । उनले बलिउडमा अक्सर आफ्ना प्रेमिकाका विषयमा निकै चर्चा पाउने गरेका छन् । उनी हाल बलिउडकै अभिनेत्री आलिया भट्टसँग प्रेममा छन् । उनीहरु केही समयभित्र नै विवाह गर्छन् भन्ने चर्चा भारतीय सञ्चार माध्यमले चलाएका छन् । रणवीरका पिता ऋषि कपूरको मृत्युपछि उनीहरुको विवाह रोकिएको पनि उल्लेख गरिएको छ ।
आलिया रणवीरकी छ नम्बरकी प्रेमिका हुन् । यसअघि पनि रणवीरले ५ जनासँग प्रेमसम्बन्ध गाँसिसकेका छन् ।
रणवीर र कैटरिना कैफको लगभग दुई वर्षसम्म अफेयर चल्यो । र उनीहरुले ब्रेकअप गरे । सन् २०१७ मा फिल्म ‘जग्गा जासूस’ को समयमा उनीहरुले एक अर्कासँग अलग्गिएको बताए । उनीहरुको प्रेमको सुरुवात ‘अजब प्रेम की गजब कहानी’ बाट भएको थियो ।
सन् २०१७ मा नै रणवीरले पाकिस्तानी अभिनेत्री तथा बलिउडकी अभिनेत्री माहिरा खानसँग सम्बन्ध राखेको विषयले चर्चा पायो । माहिराको शाहरुख खानसँगको फिल्म ‘रईस’ रिलीज हुने समयमा नै रणवीर र माहिरा हातमा चुरोट लिएको अवस्थामा भेटिएका थिए । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
रणवीर र दीपिका पादुकोणको प्रेमसम्बन्धको बारेमा थाहा नपाउने कमै होलान् । उनीहरु सन् २०१५ मा एक अर्कासँग छुट्टिएका थिए । दीपिका रणवीरसँगको ब्रेकअपपछि डिप्रेशनमा गएकी थिइन् । उनले रणवीरसँगको सम्बन्धको बारेमा अझै पनि समय समयमा बताउने गरेकी छिन् ।
दीपिकासँग सम्बन्धमा हुनुअघि रणवीर फिल्म ‘रकस्टार’की नायिका नगरिस फाखरीसँग सम्बन्धमा थिए । यी दुईको सम्बन्धले पनि निकै चर्चा पाएको थियो ।
यस्तै, रणवीर कुनै समय सोनम कपूरसँग पनि सम्बन्धमा थिए । उनीहरुको सम्बन्ध धेरै चलेन । केही महिनामा नै ब्रेकअप भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण