अर्मेनिया र अजरबैजानबीचको लडाई चर्कियो, २ दिनमै ६७ जनाको मृत्यु
मङ्गलबार, १३ असोज २०७७, २३ : ५६
एजेन्सी । अर्मेनिया र अजरबैजानबीचको लडाई थप चर्किदै गएको छ । नागारोनो–कारोबाखको विवादित क्षेत्रलाई लिएर ती दुई देशबीच लडाई सुरु भएको हो । मंगलबार पनि दुई देशका सेनाबीच भीषण गोलीबारी भएको छ । दुबै देशले एक अर्कालाई विवादित क्षेत्र बाहिर एक अर्काका विरुद्ध गोलीबारी गरेको आरोप लगाएका छन् ।
यो युद्धमा अहिलेसम्म ६७ जना मारिएको खबर सार्वजजिक भएको छ । आइतबारदेखि विवादित क्षेत्रमा युद्ध भड्किएको हो । आर्मेनियाको रक्षा मन्त्रालयकाअनुसार अजरबैजानको ड्रोज हमलामा एउटा बसमा आगो लागेको थियो । यद्यपि, आगलागी भएको बसमा कोही व्यक्ति हताहत भएको समाचार छैन । तर अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले आर्मेनियाको हमलामा परेर आफ्ना १० नागरिकको हत्या भएको दाबी गरेका छन् । यद्यपि, सैनिकको मृत्युको बारेमा भने कुनै पनि जानकारी दिइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण