सुदूरपश्चिममा थपिए ३२ संक्रमित, मृत्यु हुनेको संख्या १६ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । सोमबार सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका– १ बस्ने ६३ वर्षीया महिलाको मृत्यु भएसँगै प्रदेशमा मृत्युको संख्या १६ पुगेको हो ।
गत असोज ७ गते उनलाई अस्पताल भर्ना गरिएकोमा असोज १० गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि नै अछाममा २, बैतडीमा १, बझाङ्गमा २, बाजुरामा २ र डडेल्धुरामा १ र कैलालीमा ७ जना कोरोनासंक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार २४ पुगेको छ । कैलालीका २२, कञ्चनपुरका ५ , डोटीका १, बैतडीका ३ र डडेल्धुराकाका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।
सकृय संक्रमितमा अछाममा ९७, बैतडीमा ८४, बझाङ्गमा ११७, डडेल्धुरामा १२, दार्चुलामा ३०, डोटीमा १३६, कैलालीमा ५०१ र कंचनपुरमा ४७ जना रहेको कार्कीले बताए ।
यता, प्रदेशमा निको हुने संक्रमित संख्या ६ हजार ११० पुगेको छ । विभिन्न अस्पताल बाट मंगलबार ९ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ६ हजार ११० पुगेको उनले बताए । त्यसै गरी बिभिन्न अस्पतालहरुमा ७९ कोरोना संक्रमितको उपचार भईरहेको छ ।
कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १५, टीकापुरमा ३३, महाकालीमा १७, अछाममा १०, डोटीमा २, र डडेल्धुरा अस्पतालमा २ जनाको उपचार भईरहेको छ । शंकास्पद १४ जना आइसोलेसनमा छन् ।
हालसम्म ८३ हजार २९७ नमुना जाँच गर्दा ७ हजार १५० जनामा संक्रमण फेला परेको छ भने ७६ हजार १४७ नमुनामा भने नेगेटिभ आएको छ । अझै १ हजार ३० जनाको नमुनाको रिजल्ट आउन बाँकी रहेको कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण