मंसिरमा ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२०’ हुने
काठमाडौं । कोरोनाका कारण घोषणा भएका र हरेक बर्ष नियमित आयोजना हुँदै आएका थुप्रै अवार्ड वितरण कार्यक्रम रोकिएका छन् । तर हिमालयन मुभिजले भने मंसिरको अन्तिम साता ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२०’ आयोजना गर्ने भएको छ ।
यसअगाडि फेसन एण्ड मोडल अवार्ड आयोजना गरेका हिमानी सुब्बा तथा कमल खतिवडाद्वारा आयोजना हुन लागेको अवार्डको संयोजकमा फिल्म अभिनेता तथा मोडलद्वय एसराज गराचन, दिक्पाल कार्की तथा कोरियोग्राफर अशोक बिक रहेका छन् ।
अवार्डमा सहभागिता जनाउनका लागि निःशुल्क फर्म भर्ने ब्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ । मनोनयन सूचीमा छानिएका कलाकारहरु ५० प्रतिशत अनलाइन तथा एसएमएस भोटिङ र ५० निर्णायकको निर्णयका आधारमा विजेताको घोषणा गरिने आयोजकले जनाएको छ ।
अवार्डमा लोकदोहोरी तथा आधुनिक संगीततर्फ एक–एक जनालाई विशेष योगदान अवार्डद्वारा सम्मानित गरिने अवार्डमा लोकदोहोरी विधातर्फ उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट भिडियो, उत्कृष्ट छायाँकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट मोडल (महिला तथा पुरुष) तथा उत्कृष्ट डेब्यू मोडल (महिला तथा पुरुष) को रुपमा पुरस्कृत हुनेछन् ।
पप तथा आधुनिक विधातर्फ उत्कृष्ट गायक, गायिका, नव गायक, संगीतकार, रचनाकार, म्युजिक भिडियो, भिडियो निर्देशक, छायाँकार, सम्पादक, महिला तथा पुरुष मोडल तथा नव मोडल (महिला तथा पुरुष) विधामा पुरस्कृत गरिनेछ ।
अवार्डको विशेष विधा (म्युजिक भिडियो)तर्फ उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर ड्रेस, उत्कृष्ट ड्रेस डिजाइनर, उत्कृष्ट सेलिब्रेटी डिजाइनर, उत्कृष्ट स्टाइलिष्ट तथा उत्कृष्ट कोरियोग्राफर छन् । बाल विधातर्फ उत्कृष्ट गायक तथा गायिका तथा उत्कृष्ट मोडल (बालक तथा बालिका) रहेका छन् ।
इमर्जिङ ट्यालेन्ट विधातर्फ कोरियोग्राफर, ड्रेस डिजाइनर, मेकअप आर्टिष्ट तथा मोडल (बाल, महिला, पुरुष) लाई पनि पुरस्कृत गरिनेछ । पपुलर अर्थात लोकप्रिय विधातर्फ पपुलर मोडल महिला तथा पुरुष र पपुलर सिंगर (गायक तथा गायिका)लाई पनि पुरस्कृत गरिने संयोजक दिक्पाल कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण