बिग बसमा यसपटक ‘राधे माँ’ को इन्ट्रि
टिभीको चर्चित र विवादित रियालिटी शो बिग बसको १४ औं संस्करण सुरु हुन तीन दिन मात्रै बाँकी छ । यसैबीच च्यानलले सबै प्रतियोगीको झलक देखाउन सुरु गरिसकेको छ । जान सानू, एजाज खान, निक्की तंबोलीपछि अब राधे माँको पहिलो झलक च्यानलले सार्वजनिक गरेको छ । आफूलाई देवी माँको अवतार बताउने सुखविंदर कौर, जो राधे मांको नामले परिचित छिन्, यसबारे बिग बसको घरमा लक हुँदैछिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सुखविंदर कौरलाई पछिल्लो थुप्रै वर्षदेखि कार्यक्रममा आउनका लागि प्रस्ताव गरिँदै थियो तर कुरा बन्न सकेको थिएन । तर यो संस्करणमा उनलाई कार्यक्रममा ल्याउन निर्माताहरु सफल भएका छन् । आफूलाई देवी माँको अवतार बताउँदा पनि राधे माँ विवादित जीवनशैलीका कारण चर्चामा छाइरहन्छिन् । हालै कलर्स च्यानलले राधे माँको पहिलो झलक देखाएको छ, जसमा उनी घरमा प्रवेश गरिरहेको देखिएकी छिन् । भिडियोमा राधे मांले कार्यक्रमलाई आशिर्वाद दिँदै भनेकी छिन्, ‘यो घर यस्तै बनिरहोस्, बिग बस यस पटक असाध्यै चलोस् ।’
Barsegi kiski kripa iss shanivaar #BiggBoss ke ghar mein? #BB14 Grand Premiere, 3rd Oct, Saturday at 9 PM.
— COLORS (@ColorsTV) September 29, 2020
Streaming partner @VootSelect. #BiggBoss2020 @BeingSalmanKhan @PlayMPL #DaburDantRakshak @TRESemmeIndia @LotusHerbals pic.twitter.com/fmpjm4dvh9
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण