शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लालबन्दी खानेपानीको महसुल अब आइएमई पेबाट भुक्तान गर्न सकिने

बुधबार, १४ असोज २०७७, १५ : ५७
बुधबार, १४ असोज २०७७

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र लालबन्दी खानेपानी बीच सम्झौता भएको छ । 

सम्झौताअनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेन्ट पार्टनरहरू वा आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन् ।  

सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट आइएमईका प्रदेश नं. २ इन्चार्ज अरुण कुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्द कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौताबाट ६ हजार ५ सय १४ (६५१४) घरधुरी लाभान्वित हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप