पाकिस्तानमा भएको विस्फोटमा ४ जनाको मृत्यु, १२ घाइते
बुधबार, १४ असोज २०७७, २२ : १८
एजेन्सी । पाकिस्तानको उत्तरी प्रान्त खैबर पाक्थुन्क्वा प्रान्तको मार्दन नगरमा बुधबार अपरान्ह भएको एक शक्तिशाली विस्फोटमा परी चार जनाको ज्यान गएको छ भने अरु १२ जना घाइते भएका छन् ।
मार्दनको गज बजार क्षेत्रमा सो शक्तिशाली विस्फोट भएको बताइएको छ । उक्त विस्फोट कसले र किन गरेको हो भन्ने बारेमा केही पत्ता लागेको छैन । प्रहरीले यस विस्फोटका बारेमा खोजी गरिरहेको बताइएको छ । यस विस्फोटमा उक्त क्षेत्रका कतिपय भौतिक संरचामा पनि क्षति पुगेको बताइएको छ ।
प्रहरीले सो विस्फोटमा परी चार जनाको ज्यान गएको र अरु १२ जना घाइते भएका जानकारी दिएको छ । विस्फोटको कारणबारे अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण