अफगानिस्तानमा आत्मघाती कार हमला, ९ जनाको मृत्यु
बिहीबार, १५ असोज २०७७, १४ : ०१
एजेन्सी । दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए । अफगानिस्तानका एक अधिकारीकाअनुसार चार सर्वसाधारणसहित ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्गतको नाहरी सारा जिल्लामा बुधबार राती भएको सो आक्रमणमा एक बालकसहित ३ जना सुरक्षाकर्मी समेत घाइते भएका छन् ।
आक्रमणकारीहरुले चौकीलाई निशाना बनाएर कार बम विष्फोट गराउँदा अर्को सवारीमा यात्रा गरिरहेका सर्वसाधारण परेका थिए । मृत्यु हुनेमा २ महिला समेत रहेका छन् । उक्त घटनाको कसैले पनि जिम्मेवारी लिएका छैनन् । यद्यपि, हेलमन्ड प्रान्त अन्तर्गत पर्ने सो क्षेत्र तालिवानहरुको गढ क्षेत्र मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण