गुल्मीको एउटै वडामा एक करोड बढि वजेट
गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्वर ४ साविकको जैसीथोक गाविसमा यस वर्ष झण्डै एक करोड विकास वजेट विनियोजन गरिएको छ ।
अघिल्लो आर्थिक वर्षमा जम्मा करिव ३० लाख वजेट परेको यो गाउँमा ठूलो रकम विनियोजित भएको त्यसका वडाध्यक्ष मानबहादुर कुँवरले बताए । कुँवरकाअनुसार यस आर्थिक वर्षमा त्यस वडाका विभिन्न विकास निर्माणमा कुल १ करोड १९ लाख रकम विनियोजित भएको छ । धुर्कोट गाउँपालिकाको गाउँसभाले पहिलो प्राथामिकता गरिवी निवारणलाई दिएको छ ।
जस अन्तर्गत विपन्न परिवारलाई आयआर्जनमुलक कार्यक्रमका लागि सिलाई कटाई तथा आइरन तालिमका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ । वर्षाैदेखि जिर्ण रहेको छामथुम सिंचाई योजनाको मर्मत सम्भारका लागि ४ लाख रकम परेको छ ।
भुवान प्रतिक्षालय तथा थाम मन्दिर संरक्षणका लागि दुई लाख, विष्णुदेवि मन्दिर खाला पँधेरा संरक्षणका लागि २ लाख , ठाडा मैदान गरा सिमलपाटा कुलो मर्मतका लागि १ लाख ५० हजार विनियोजन गरिएको छ । कुमारीदेवि मन्दिर क्षेत्र व्यवस्थापन तथा पार्क निर्माणका लागि १५ लाख रुपैयाँ परेको छ ।
जैसीथोक कालापोखरा खेल मैदान निर्माणका लागि ५ लाख, गोलपोखरी लाँकुरीपाटा अर्चलपोखरा मोटरबाटाका लागि १ लाख ५० हजार , लाहँटा कल्लाटा गोलपोखरी र ठुल्दी रातापोखरा काला पोखरा घोडेटो बाटो मर्मतका लागि १ लाख रुपैयाँ विनियोजन भएको छ ।
गोपे चिलिखोला विरौटा रौताडी गोरेटोबाटो मर्मतका लागि १ लाख , भुवानी गौरावारी पिपलनेटा मोटरबाटो मर्मतका लागि ४ लाख , गोपे चिलीखोला रौताडी मोटरबाटो निर्माणका लागि ४ लाख , गोपे छिलिम्पे मोटरबाटो निर्माणका लागि ५ लाख रकम परेको छ ।
घुम्टी मानडाँडा वरबोट मोटरबाटो निर्माणका लागि ४ लाख, हिमचुली महिला समुहकाृ भवन मर्मतका लागि १ लाख, कुमारीदेवि मन्दिर तथा सामुदायिक भवन मर्मतका लागि १ लाख ५०, जैसीगाडे लिटी सिस्टम खानेपानी योजना पनि यसै आर्थिक वर्षबाट १० लाख रकम विनियोजन गरेर शुरु गरिएको छ ।
हुलाको भुवना नयाँगाउँ सुन्दर पोखरा मोटरबाटो मर्मतका लागि ६ लाख पारिएको वडाध्यक्ष कुँवरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका ११ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण