बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनसँग सीमा विवाद चर्किरहेका बेला भारतको मिसाइल परीक्षण

बिहीबार, १५ असोज २०७७, २२ : ५७
बिहीबार, १५ असोज २०७७

एजेन्सी । पूर्वी लद्धाखमा चीनसँग जारी तनावकै बीचमा भारतले मिसाइल परीक्षण गरेको छ । भारतको रक्षा अनुसन्धान र विकास संगठन (डिआरडिओ)ले बिहीबार स्वदेशी लेजर गाइडेड एन्टी ट्याङक मिसाइल सफलतापूर्वक परीक्षण गरेको हो । मिसाइल सफलतापूर्व परीक्षण गरेलगत्तै भारतीय रक्षामन्त्री राजनाथसिंहले डिआरडिओलाई बधाई दिएका छन् ।

भारतीय रक्षामन्त्रालयका अनुसार यो मिसाइल महाराष्ट्रको अहमदनगरबाट परीक्षण (फायर खोलिएको) गरिएको थियो । यसअघि २२ सेप्टेम्बरमा अहमदनगरमा यसको सफलतापूर्वक परीक्षण गरिएको थियो । यो मिसाइलले १.५ किलोमिटरसम्म मार हान्ने क्षमता राख्दछ ।  त्यसैगरी बुधबार पनि भारतले बालेश्रमा जमिनबाट जमिनमा मार हान्ने क्रुज मिसाइल ब्रम्होसको सफलतापूर्वक परीक्षण गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप