चीनसँग सीमा विवाद चर्किरहेका बेला भारतको मिसाइल परीक्षण
बिहीबार, १५ असोज २०७७, २२ : ५७
एजेन्सी । पूर्वी लद्धाखमा चीनसँग जारी तनावकै बीचमा भारतले मिसाइल परीक्षण गरेको छ । भारतको रक्षा अनुसन्धान र विकास संगठन (डिआरडिओ)ले बिहीबार स्वदेशी लेजर गाइडेड एन्टी ट्याङक मिसाइल सफलतापूर्वक परीक्षण गरेको हो । मिसाइल सफलतापूर्व परीक्षण गरेलगत्तै भारतीय रक्षामन्त्री राजनाथसिंहले डिआरडिओलाई बधाई दिएका छन् ।
भारतीय रक्षामन्त्रालयका अनुसार यो मिसाइल महाराष्ट्रको अहमदनगरबाट परीक्षण (फायर खोलिएको) गरिएको थियो । यसअघि २२ सेप्टेम्बरमा अहमदनगरमा यसको सफलतापूर्वक परीक्षण गरिएको थियो । यो मिसाइलले १.५ किलोमिटरसम्म मार हान्ने क्षमता राख्दछ । त्यसैगरी बुधबार पनि भारतले बालेश्रमा जमिनबाट जमिनमा मार हान्ने क्रुज मिसाइल ब्रम्होसको सफलतापूर्वक परीक्षण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण