फिल्म ‘बेल बटम’ मार्फत् अक्षय कुमारले राखे नयाँ कीर्तिमान, यो दिन रिलिज हुँदै

बलिउडका खेलाडी भनिने अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘बेल बटम को सुटिङ पूरा गरेका छन् । यो फिल्मको रोचक पाटो के छ भने यो फिल्मको सुटिङ लकडाउनका नै सुरु भयो र लकडाउनमा नै समाप्त भयो । यस्तो यसकारण सम्भव हुनसक्यो किनभने अक्षय कुमार अनुशासन छिटोछिटो काम गर्ने कुरामा विश्वास राख्छन् । यस्तै अक्षय कुमार अन्य अभिनेताको तुलनामा फिल्मको सुटिङ चाँडै नै समाप्त गर्ने गर्छन् । उनका धेरैजसो फिल्म बक्स अफिसमा सफल रहन्छन् । अब लकडाउनमा पनि उनले नयाँ कीर्तिमान बनाएका छन् । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार अक्षय यस्ता पहिलो अभिनेता बनेका छन् जसले लकडाउनमा आफ्नो फिल्मको सुटिङ गरे र लकडाउनमा नै पूरा पनि गरे ।
अचम्मैले अनुशासित छन् अक्षयः
अक्षय पछिल्लो १८ वर्षदेखि दैनिक ८ घण्टा काम गर्दै आएका छन् । लकडाउनमा उनले पहिलो पटक कामबाट ब्रेक पनि पाए । तर जब उनले काम सुरु गरे तब यसको भरपाई पनि निकै छिटो गरे । उनले डबल सिफ्टमा काम गरे । निर्माताले फिल्मको सुटिङ पूरा भएको घोषणा गरे र फिल्मको एक नयाँ पोस्ट पनि रिलिज गरे । फिल्मको समूह लण्डन गए र सेप्टेम्बर ३० मा सुटिङ पूरा गरे ।
पूरा टिमलाई धन्यवाद दिएः
महामारीमा फिल्मको सुटिङ पूरा हुँदा अक्षयले भने, ‘यो एक टिमवर्क हो र टिमको हरेक सदस्यप्रति आभार छु । स्पट दादादेखि लाइट दादा, प्राविधिक, मेकअप दादा र मेरी हिरोइन वाणी, लारा, हुमा र मेरा निर्देशक रंजीत व वासुजीलाई धन्यवाद दिन्छु । साथै निर्मातालाई पनि जसले हाम्रो योजनामाथि विश्वास गर्नुभयो । आजको नयाँ स्थितीमा हामीलाई भिन्न तरिकाले सोच्ने शक्ति दिनुभयो जसको हामीमध्ये कसैले पनि कल्पनासम्म पनि गरेका थिएनौं ।’
महामारीमा ठूल्ठूला फिल्म बीचमा नै अड्किएः
अक्षयको फिल्म बेल बटम सन् २०२१ अप्रिल २ मा सिनेमाघरमा रिलिज हुनेछ । फिल्मको नयाँ पोस्टमा अक्षय निकै मस्त देखिएका छन् । स्मरण रहोस् महामारीका कारण टम क्रुजको फिल्म ‘मिशन इम्पोसिबल ७’ र ‘जुरासिक वर्ल्डः डोमिनियन’ जस्ता फिल्मको सुटिङ अहिलेसम्म पनि पूरा हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर