अर्घाखाँचीका सिडिओ र सहायक सिडिओलाई कोरोना संक्रमण
शुक्रबार, १६ असोज २०७७, १५ : ५८
काठमाडौँ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सीडीओ विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापालाई कोरोना पुष्टि भएको हो ।
त्यस्तै सिडिओका सवारी चालक, सुरक्षा गार्ड, स्वास्थ्य कार्यालयका सूचना अधिकारीलाई कोरोना देखिएको छ । उनीहरुसँग अर्का एकजना सशस्त्र प्रहरीका असई र एकजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको अर्का सहायक सिडिओ विनोद खनालले जानकारी दिए ।
गत बुधबार स्वास्थमा समस्या आएपछि सिडिओलगायत १० जनाको स्वाब संकलन गरेर गुल्मी प्रयोगशालामा पठाइएको थियो । जसमध्ये ७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण