सुन्दर छाला र तौल घटाउनका लागि कफी, अन्य ५ फाइदा
एजेन्सी – विश्वमा अक्टोबर १ लाई ‘विश्व कफी दिबस’ को रुपमा मनाइन्छ । यो दिबस मनाउनुको उद्देश्य कफीको व्यवसायलाई बढाउनु हो । कफीले शरीरलाई तुरुन्तै शक्ति दिने भएकाले दिनको सुरुवात कफीबाट गर्ने गरिन्छ । यसका साथै कफीका अन्य फाइदाहरु पनि छन् ।
कलेजो
स्वास्थ्य विज्ञका अनुसार दिनमा दुई देखि तीन कफ कफी दूध र चिनी नमिसाइकन खाँदा कलेजोसँग जोडिएका विभिन्न रोगहरु लाग्नबाट बच्न सकिन्छ । विज्ञ चिकित्सकका अनुसार कलेजोमा हुने क्यान्सरको सम्भावना पनि कफी पिउँदा कम हुन्छ । कालो कफीले कलेजो स्वस्थ्य राख्न सहयोग पुर्याउँछ ।
तौल
कफीमा म्याग्नेशियम र पोटाशियम पाइन्छ । यसले मोटोपनलाई नियन्त्रणमा राख्छ ।
मुटु
कफीको सेवनले मुटु रोगीका लागि फायदा पुर्याउँछ । कफीले हर्ट स्ट्रोकको खतराबाट पनि बचाउँछ ।
मधुमेह
मधुमेह आजभोलि आममानिसको समस्या हो । कफीमा पाइने क्याफिनले रगतमा चिनीको मात्रा कम गराउँछ । त्यसैले यस्ता रोगीहरुलाई कफी फाइदाजनक हुन्छ ।
छाला
क्याफिनले आँखाको एलर्जी र डार्क सर्कलबाट पनि बचाउँछ । त्यसैले कफी पिउँदा छाला स्वस्थ्य हुन्छ । यति मात्र होइन कफी फेसप्याक बनाएर पनि लगाउन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण