कर्मचारीमा कोरोना देखिएपछि जिप्रका एक साताका लागि बन्द
कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको जानकारी दिएका छन् ।
गत असोज १३ गते प्रशासन फाँटमा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको र तीन प्रशासकीय अधिकृतको दरबन्दी रहेकामा एक जनामा सङ्क्रमण लक्षण र अन्य दुईसहित आठ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्न आजदेखि असोज २४ गतेसम्मलाई अतिअवाश्यकबाहेकका सेवा बन्द रहने प्रजिअ कँणेलले बताए ।
अतिआवश्यक नपरी सेवा लिन नजान, जानै परेमा दुई मिटरको दूरी कायम गरी, मास्क लगाएर, साबुनपानीले हात धोइ वा स्यानिटाइजार प्रयोग गरी आफू सुरक्षित हुने गरी अतिआवश्यक सेवा लिन प्रजिअ कँणेलले सबैसँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण