तन्त्रमन्त्र र भविष्यवाणीसहित सुरु भयो बिग बसः पहिलो दिन नै चार प्रतिस्पर्धी ‘आउट’
बिग बस १४ को सुरुवात अत्यधिक ड्रामासहित भयो । ग्रान्ड प्रिमियरको दिन नै धेरै कुरा देख्न पाइयो । केही भविष्यवाणी भए त घरलाई पवित्र बनाउका लागि मन्त्र जपसमेत गरियो । यसबाहेक पहिलो दिनमा नै प्रतियोगीलाई टास्क दिइयो । उक्त टास्कमा कोही सफल भए त कोही विफल । आउनुहोस्, पहिलो दिन के के भए थाहा पाऔं ।
१. भविष्यवाणी र राधे मांः
बिग बसको पहिलो दिन कार्यक्रममा ज्योतिषी पंडित जनार्दन आए । उनले प्रतियोगी निक्की तिम्बोली र सलमान खानको भविष्यवाणी गरिदिए ।
उनले निक्की निकै मायालु देखिएपनि असाध्यै चलाख भएको बताए । यस्तै ज्योतिषीले सलमान खानले भविष्यमा विवाह नगर्ने पनि बताइदिए । ज्योतिषीबाहेक राधे मांलाई घरमा प्रवेश गराइयो । तर उनी घरलाई पवित्र बनाउनका लागि आएको बताइन्छ । उनले खेलमा हिस्सा लिने छैनन् ।
२. तुफानी सिनियर्सको टास्कः
बिग बस १४ को प्रिमियरका दिन सिद्धार्थ शुक्ला, हिना खान र गौहर खानको समूह देख्न पाइयो । यो समूहलाई ‘तूफानी सिनियर्स’ को नाम दिइयो । उनीहरुले बीबीक्यू नामबाट आउने सहभागीलाई टास्क दिए । यो टास्कमा रुबिका दिलेक, जान कुमार, निशान्त सिंह मलकान र सार गुरपाल फेल भए । तसर्थ उनीहरुलाई घरबाट आउट गरियो ।
३.निक्की तम्बोलीको फल्र्टः
बिग बसमा यसपटक पुनः क्यूट गर्लको इन्ट्री भयो । पछिल्लो सिजनमा शहनाजपछि यसपटक निक्कीले यो मौका पाइन् । साउथ इन्डियन नायिका निक्की पहिले दिन नै सलमान खानसँग फ्लर्ट गरिरहेको देखिइन् । यद्यपि, शहनाजका प्रशंसकले उनलाई सोसल मिडियामा ट्रोल पनि गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण