साढे ६ महिनापछि सुरु भयो सलमान खानको फिल्म ‘राधे’ को सुटिङ
बलिउड अभिनेता सलमान खानले आइतबार सोसल मिडियामा पोस्ट गरेर आफूले ‘राधेः योर मस्ट वान्टेड भाइ’ को सुटिङ पुनः सुरु गरेको जानकारी दिएका छन् ।
५४ वर्षका सलमान खान र्माचमा लकडाउनको घोषणा अघि प्रभु देवाको निर्देशनमा बनिरहेको यो फिल्मको सुटिङ गरिरहेका थिए ।
सलमानले आइतबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा फिल्म सेटको तस्बिर साझा गरेका छन् । तस्बिर सँगै उनले लेखे, ‘साढे ६ महिनापछि सुटिङमा फर्किएको छु ।’ यो फिल्म अर्को वर्या मे २२ तारिखमा रिलिज हुनेछ । फिल्ममा सलमान खानसँगै अभिनेत्री दिशा पाटनीको अभिनय हुनेछ । दिशाले फिल्म ‘भारत’ मा उनीसँग काम गरिसकेकी छिन् । फिल्मको दुईवटा गीतको सुटिङ र लगभग पाँच दिनको काम अझै बाँकी भएको बताइएको छ ।
बाहिरका व्यक्तिलाई भेट्न अनुमति छैनः
कोरोना संकटको समयमा सावधानी अपनाउँदै टिमले यात्राबाट बच्नका लागि स्टुडियो नजिकैको एउटा होटल बुक गरेको छ । सुरक्षाको हिसाबले टीमका कुनै पनि सदस्यलाई बाहिरी व्यक्तिसँग भेट्ने अनुमति छैन ।
सेटमा स्वास्थ्य विशेषज्ञ पनि छन्ः
फिल्म राधेको प्रोडक्सन टिमको नजिकको स्रोतले भने, ‘पूरा टिमको कोभिड–१९ परीक्षण गरिएको छ, जसमध्ये कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन । अर्को परीक्षण अभिनेता र प्रमुख टीमका सदस्यसहित सेटको नजिक रहने व्यक्तिको हुनेछ । कर्मचारीाई एक विशेष भिडियोको माध्यमले नियमबारे जाकारी दिएको छ । सलमानले सेटमा पूरा सावधानी अपनाउन जोड दिएका छन् । उनको सुझावमा सेटमा एक डाक्टरबाहेक एक विशेष टिम रहनेछ । यो विशेष टिमले सेटमा स्वच्छतालाई ध्यानमा राखिएको छ–छैन भनेर सुनिश्चित गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण