मिस्टि मुखर्जीको निधनमा फैलियो मिस्टि चक्रवर्तीको मृत्युको खबरः भनिन्, ‘जिउँदै छु’

बंगाली र हिन्दी फिल्ममा काम गरिसकेकी नायिका मिष्टि मुखर्जीको शुक्रबार बेलुका बैंगलुरुमा निधन भयो । त्यसपछि मिडिया र सोसल मिडियामा यो खबर सार्वजनिक हुन थाल्यो । यद्यपि, एउटा न्यूज रिपोर्टमा मिस्टि मुखर्जीको साटो चर्चित बंगाली नायिका तथा मोडल मिस्टि चक्रवर्तीको निधनको खबर प्रकाशित भयो र सोसल मिडियामा प्रशंसकले उनलाई श्रद्धाञ्जली दिन थाले । यो खबर जब मिस्टि चक्रवर्तीसम्म पुग्यो तब उनले सोसल मिडियामा आफू जिउँदो भएको र स्वस्थ रहेको जानकारी दिइन् ।
मिस्टि चक्रवर्तीले इन्स्टाग्राममा एउटा गलत रिपोर्टको स्क्रिनसट सेयर गर्दै लेखिन्, ‘केही मिडिया रिपोर्ट अनुसार आज मेरो मृत्यु भयो । भगवानको दयाले म जिउँदो छु र पूर्ण रुपमा स्वस्थ छु । म निकै अघिसम्म जानुछ साथीहरु ।’
यी हिन्दी फिल्ममा मिस्टि चक्रवर्तीले गरिन् कामः
मिस्टिले सन् २०१४ मा बांग्ला फिल्म ‘पोरिचोई’ बाट डेब्यू गरेकी थिइन् । त्यसपछि मिस्टिले सुभाष घईको फिल्म ‘कांचीः द अनब्रेकेबल’ बाट बलिउडमा पनि डेब्यू गरेकी थिइन् । यी फिल्मबाहेक मिस्टिले ‘ग्रेट ग्रान्ड मस्ती’, ‘बेगम जान’ र ‘मणिकर्णिका’ जस्ता फिल्ममा भूमिका निभाएकी छिन् । उनले तमिल, तेलुगू र मलयालम फिल्ममा पनि काम गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध