‘भोलि आएर मेरी छोरी जोया र छोरा फरहानले ड्रग्स लिन्छन् भन्ने थाहा पाएँ भने...’
पछिल्ला केहि दिनदेखि फिल्म इन्डष्ट्रिमा ड्रग्सको प्रयोग गरिने विषयमा तगडा बहस चलेको छ । फिल्म इन्डष्ट्रि यतिबेला सबैको निशानामा छ । केही सेलिब्रिटीले बलिउडमा ड्रग्स चल्छ भनेर खुल्ला रुपमा कुरा गरेका छन् भने कतिले यो आरोपलाई अस्विकार गरेका छन् र फिल्म इन्डष्ट्रिलाई बदनाम गर्नका लागि गरिएको षड्यन्त्र बताएका छन् । यो मुद्दाको विषयमा अहिलेसम्म थुप्रै ठूल्ठूला सेलिब्रिटीको बयान पनि सार्वजनिक भइसकेको छ ।
अब ड्रग्सको विषयमा जावेद अख्तरको पनि बयान आएको छ । जावेदले भोलि आएर उनकी छोरी जोया र छोरा फरहानले ड्रग्स सेवन गर्छन् भन्ने थाहा पाउँदा उनले के गर्छन् भनेर स्पष्ट कुरा राखेका छन् ।
बरखा दत्तसँगको कुराकानीमा जावेद अख्तरले भने, ‘म उनीहरुलाई यस्तो नगर भनेर सम्झाउँछु, तर उनीहरु अहिले ठूला भइसके । म पनि पहिला दैनिक रक्सी पिउँथे तर सन् १९९१ मा रक्सी पिउन छोडेपछि आजसम्म एक घुट्को पनि पिएको छैन । अब म यो नतिजामा पुगेको छु कि यदि तपाईंलाई कुनै पनि प्रकारको नशाको बानी लागेको छ भने यसले तपाईंलाई हानी गर्नसक्छ ।’
जावेदले थपे, ‘यदि भोलि आएर मलाई मेरी छोरीले ड्रग्स लिन्छिन् भन्ने थाहा पाएँ भने, म उनलाई यस्तो नगर्न भन्छु । यदि उनले मेरो सल्लाह मान्छिन् भने राम्रो कुरा हो तर सुन्दिनन् भने पनि ठिकै छ किनभने उनी अब हुर्किसकेकी छिन् । म आफ्नो छोरामाथि पनि यस्तै गर्नेछु ।’
गाँजालाई भारतमा वैधानिकता दिनुपर्छ त भन्ने प्रश्नको जवाफमा उनले भने, ‘यो खासै ठूलो मुद्दा होइन । साधारणतया धेरै मानिसहरुले यसको सेवन गरिरहेकै हुन्छन् । तर हो, यो स्वास्थ्यका लागि राम्रो भने होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण