‘गोबर गणेश’ को गीतमा एलिनाको आइटम
मङ्गलबार, २० असोज २०७७, १३ : २३
काठमाडौं । फिल्म ‘गोबर गणेश’ को ‘अमिलो मोई’ गीत सार्वजनिक भएको छ । जय किसन बस्नेतको मुख्य भूमिका रहेको फिल्मको गीतमा अभिनेत्री एलिना रायमाझी देखिएकी छिन् । फिल्म कल्याण अधिकारीले निर्देशन गरेका हुन् । बिलभ्ड इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कमेडी र एक्सन देख्न सकिनेछ ।
एलिना चौहान र निशान भट्टराईको स्वर रहेको गीतमा रिमेश कुमारको संगीत छ । फिल्ममा जयकिसान, एलिनाको अलवा सियम भारद्वाज सुवेदी , मुनममल्ल ठकुरी, भोमन कटुवाल, राजु किराँत, हिमाल राई, अजय खड्का, शिशिर भट्टराई, टेकेन्द्र न्यौपाने लगायको अभिनय रहेको छ । भोमन कटुवालको कथा, पटकथा तथा संवाद रहेको फिल्मका निर्माता हरिकुमार कटुवाल हुन् । फिल्मको प्रदर्शन मिति भने अहिले सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक