पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय हुने
काठमाडौं । अझै केही दिन देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने छ । अबको एक साता नेपालबाट मनसुन बाहिरिने अवस्था नरहेको मौसमविद् मञ्जु बासीले बताइन् ।
उनकाअनुसार अबको एकसाता मनसुन नबाहिरिए पनि निरन्तरको भारी वर्षाको सम्भावना छैन । गतवर्ष पनि मनसुन औसत समयभन्दा केही ढिलो अक्टोबर १२ मा बाहिरिएको थियो । यसवर्ष पनि अक्टोबर १२ सम्म पुग्ने मौसमविद्को अनुमान छ । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो ।
हाल देशका प्रदेश १, २, गण्डकी र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । राति प्रदेश १, २ वाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली हुने तथा प्रदेश १ र २ का केही स्थानका साथै वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश नं १, २ वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ८ र अधिकतम तापक्रम २८ दशमलव ७ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण