भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार रोजर पेन्रोस, रेइनहार्ड गेन्जेल र आन्द्रिया गेजलाई
एजेन्सी । २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा भएको छ । यो पुरस्कार रोजर पेन्रोसले आधा तथा रेइनहार्ड गेन्जेल र आद्रिया गेजले संयुक्त रुपमा आधा–आधा पाउनेछन् । उनीहरुलाई ब्ल्याक होलबारे गरिएको खोजीका लागि पुरस्कार प्रदान गरिएको हो ।
आयोजक रोयल स्विडिस एकेडेमी अफ साइन्सेसका सेक्रेटरी गोरान ए हान्सनले स्कोटहोल्ममा यस वर्षको पुरस्कार विजेताको नाम सार्वजनिक गरेका हुन् । यस वर्षको पुरस्कार ‘ब्रम्हान्डको सर्वाधिक अध्येंरो गोप्यता’ बारे रहेको उनले बताए । ‘ब्ल्याक होलको निर्माण सापेक्षताको आम सिद्धान्तको बलियो पूर्वानुमान होे’ भन्ने खोजका लागि पेन्रोसलाई यो अवार्ड दिइएको हो ।
त्यस्तै, गेन्जेल र गजलाई ‘हाम्रो ग्यालेक्सीको केन्द्रमा रहेको सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्टको खोजी’ का लागि सम्मान गरिएको हो । गेन्जेल जर्मन भौतिकशास्त्री हुन् । त्यस्तै, अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयकी प्रोफेसर गेज नोबेलको इतिहासमा भौतिक शास्त्रतर्फ पुरस्कार जित्ने केवल चौथो महिला हुन् । रोजर पेन्रोस बेलायती गणितिज्ञ तथा भौतिकशास्त्री हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण