नेपाल एयरलाइन्सलाई २ साताका लागि हङकङ प्रवेश निषेध
काठमाडौं । राष्ट्रिय ध्वजवाहक नेपाल एयरलाइन्सलाई २ साताका लागि हङकङ प्रवेश निषेधित भएको छ । गत शुक्रबार काठमाडौं टु हङकङ फ्लाइट गरेको एयरलाइन्समा सवार ५ जना यात्रुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्समाथि प्रतिबन्ध लगाएको हो ।
शुक्रबार साँझ ८ बजे नेपालबाट हङकङ उडेको एयरलाइन्समा सवार कुल १२० जना यात्रुहरुमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि दुई साता प्रतिवन्ध लगाएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काकाले रातोपाटीसँग बताइन् ।
योसँगै ४ अक्टोबर २०२० देखि १७ अक्टोवर २०२० सम्म नेपाल एयरलाइन्सले हङकङका लागि कुनै पनि फ्लाइट गर्न नपाउने भएको छ । प्रवक्ता खण्डकाकाअनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुमा नै उता(हङकङ)मा पोजेटिभ देखिएको हो । हाल दुईवटा फ्लाइटमार्फत नियमित हङकङ उडान गरिरहेको नेपाल एयरलाइन्सको दुईवटै फ्लाइट २७ अक्टुबरसम्म क्यान्सिल हुन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण