नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौडेल
मङ्गलबार, २० असोज २०७७, २२ : ५८
काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा उपेन्द्र पौडेल आएका छन् । यसअघि शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्रलाई अध्यक्ष बनाइएको हो। २०७४ मंसिर १५ गतेबाट नबिल बैंकको संचालक समितिमा रहँदै आएका उपेन्द्र बैंकर्स संघको अध्यक्ष समेत भैसकेका छन् । यसअघि एनएमबि बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएपछि उनी नबिलको सञ्चालक समितिमा नियुक्त भएका थिए।
नविलमा शम्भुसँगै दयारामगोपाल अग्रवालको पनि ४ वर्षे कार्यकाल पूरा भएको छ । अग्रवाल गत १७ गते बैंकबाट बिदा भइसकेका छन्। शम्भु पौडेल भने २०४२ सालदेखि नबिलको सञ्चालक समितिमा रहँदै आएका थिए भने अग्रवाल २६ वर्षभन्दा बढी समयदेखि सञ्चालक समितिमा रहेका थिए । अहिले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल शाह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण