म्युजिक भिडियोमा आर्यन !
काठमाडौं । अभिनेता आर्यन सिग्देल पनि म्युजिक भिडियो अभिनयमा उत्रिएका छन् । फिल्मी करियर अगाडि बढाएदेखि म्युजिक भिडियो अभिनय छाडेका आर्यनले अहिले फेरि शो अभिनय थालेका हुन् । आर्यनले हालै मिलन चाम्सको निर्देशनमा एक दशै गीतको म्युजिक भिडियो अभिनय गरेका छन् । हालै छायाँकन भएको भिडियोमा उनको जोडी अभिनेत्री आँचल शर्मा बनेकी छन् ।
पछिल्लो समय कुनै पनि हिट फिल्म दिन नसकेका आर्यनको गतवर्ष दुई फिल्म आएका थिए । फिल्म छान्न नजानेर हो वा उनले अभिनयमा भेराइटी दिन नसकेकर हो दुबै फिल्म फ्लप साबित भयो । त्यसपछि विशाल सापकोटाको एक फिल्ममा अनुबन्धित भएका उनी फिल्मको काम अगाडि नबढेको कारण फुर्सदिलो छन् ।
फिल्म अभिनयबाट म्युजिक भिडियो अभिनयमा उत्रिने थुप्रै अभिनेता छन् नेपालीमा चलचित्र क्षेत्रमा । ती मध्ये धेरैले फिल्मी करियर ओरालो लागेपछि म्युजिक भिडियो रोजेको पाइन्छ । आर्यनको अहिलेको म्युजिक भिडियो यात्रालाई पनि उनीहरुसँग दाज्न थालिएको छ । कतिपयले त आर्यनको अहिलेको म्युजिक भिडियो अभिनय यात्रा रहर नभएर बाध्यता भएको चर्चा समेत गरेका छन् ।
चर्चा जस्तो भएपनि आर्यनको म्युजिक भिडियो यात्रा यो पहिलो भने होइन । उनी फिल्म अभिनयमा आउनुपूर्व सानो पर्दाको चलचित्र र म्युजिक भिडियोमा राम्रै जमेका थिए । फिल्मी करियर उकालो लागेपछि उनले म्युजिक भिडियोबाट नाता तोडेका थिए । अहिले फेरि म्युजिक भिडियोसँग नाता जोड्न पुगेका छन् । आर्यनले अहिले गरेको दशंै गीतमा सुदन लिब्बु र मेलिना राईको स्वर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण