शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

कोरोनाकालमा पनि सुटिङमा व्यस्त आलिया

बुधबार, २१ असोज २०७७, १७ : २१
बुधबार, २१ असोज २०७७

बलिउड अभिनेत्री आलिया भट्ट कोरोना कालमा पनि सुटिङमा व्यस्त हुँदैछिन् । सञ्जय लिला भन्सालीको आगामी फिल्म ‘गंगूवाई काठियावान्डी’ को सुटिङ थालिएको छ । यस फिल्ममा आलिय प्रमुख भूमिकामा छिन् । 

निर्माण स्रोतका अनुसार जनवरीसम्म फिल्मको सुटिङ पुरा गर्ने लक्ष्य राखिएको छ । अहिले मुम्बईको फिल्म सिटीमा सुटिङ चलिरहेको छ । सुटिङमा कलाकार र प्राविधिकहरुले धेरै समय दिन नपरोस् भने लागि सेटमा विशेष तरिका अपनाइएको छ र धेरैजसो दृश्यको सुटिङ रातको समयमा हुने गरेको छ । स्रोतका अनुसार यस फिल्मका कलाकार तथा प्राविधिकहरु राती अबेर सेटमा आउँछन् । 

पुरै रात सुटिङ गरेपछि उनीहरु बिहानै घर जान्छन् । अनि, पुरै दिन आराम गरेर फेरि फर्कन्छन् । कमाठीपूराको दुनियाँलाई रातको समयमा क्यामेरामा कैद गर्न फिल्म युनिटले चाहेको छ ।
सुटिङका दौरान केही व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई छुट्टी दिइएको छ । यद्यपी, अन्य कलाकारहरु भने निर्भिकताका साथ काममा जुटेका छन् । यस फिल्ममा अजय देवगन पनि सानो रोलमा हुनेछन् । यद्यपी, उनको भागको सुटिङ अहिलेसम्म भएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप