रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान
एजेन्सी । सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका अनुसन्धानकर्ता इम्यानुअल चारपेन्टियर र अमेरिकी प्रोफेसर जेनिफर डोउडनालाई प्रदान गरिएको छ । उनीहरुलाई जीन एडिटिङको तरिका विकासका लागि सो पुरस्कार प्रदान गरिएको हो ।
रसायन शास्त्रका लागि नोबेल पुरस्कार जित्नेमा उनीहरु क्रमशः छैठौं र सातौं महिला बनेकी छिन् ।
‘इम्यानुअल चारपेन्टियर र जेनिफर ए डोउडनाले जीन प्रविधिका सबैभन्दा धारिलो औजार आविष्कार गरेका छन् : सीआरआइएसपीआर/क्यास नाइन (CRISPR/Cas9) जेनेटिक सिसर्स,’ आज बुधबार १० लाख स्वीडिस क्राउन (१.१ मिलियन अमेरिकी डलर) राशीको रसायनशास्त्रतर्फको पुरस्कारको घोषणा गर्दै रोयल स्वेडिस एकेडेमी अफ साइन्सेजले जारी गरेको वक्तव्यमा भनिएको छ ।
‘यो जेनेटिक औजारमा अद्भूत शक्ति छ, जसले हामी सबैलाई प्रभावित गर्नेछ,’ रसायनशास्त्रतर्फका नोबेल कमिटीका अध्यक्ष क्लेज गुस्ताफसनले भनेका छन् । उनका अनुसार, ‘यसले आधारभूत विज्ञानलाई क्रान्तिकारीकरण गरेको मात्र छैन, यसले खोजमूलक परिणाम पनि दिएको छ र यसले नयाँ चिकित्सीय उपचारमा ठूलो उथलपुथलकारी बाटो खोलिदिनेछ ।’
यसको सहायताले ‘जीनमा भएको क्षतिलाई मर्मत गर्न सकिने बताएँदै गुस्ताफसनले भनेका छन्, यसले मानवतालाई नयाँ ठूलो अवसर प्रदान गर्नेछ तर यो प्रविधिको अद्भूत शक्तिलाई हामीले ठूलो सावधानीका साथ प्रयोग गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण