बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा राजदूत दम्पती अभिनित म्यूजिक भिडियो सार्वजनिक

बिहीबार, २२ असोज २०७७, २२ : ४५
बिहीबार, २२ असोज २०७७

लन्डन ।  बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी  (दुबसु क्षेत्री) र  राजदूतपत्नी पुनम सुवेदीद्वारा अभिनित म्यूजिक भिडियो  ‘दुख्ने मुटु’ सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ संगीतकार आलोकश्रीको संगीत तथा गायिका अन्जु पन्तको आवाज रहेको  छ  । भिडियोमा नायक ध्रुव दत्त र नायिका मिरुना मगरका साथै  दूतावासका निवर्तमान उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीका दम्पतिको समेत अभिनय रहेको छ ।

भिडियोमा लण्डनमा प्रमुख स्थानहरु  ट्राफगल  स्क्वायर, अक्सफोर्ड स्ट्रीट, पिकाडेली सर्कस, बकिंगहम प्यालेस, हाइड पार्क का दृश्यहरु देख्न सकिनेछ । म्यूजिक भिडियोको निर्देशन, छायाँकन तथा  सम्पादन सञ्चारकर्मी कुशल  श्रेष्ठले गरेका हुन् । करिब तीन दर्जन म्यूजिक भिडियो निर्देशन गरिसकेका श्रेष्ठले कूटनीतिक व्यक्तित्वलाई अभिनय गराउन पाउनु महत्वपूर्ण अवसर भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप