बेलायतमा राजदूत दम्पती अभिनित म्यूजिक भिडियो सार्वजनिक
लन्डन । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) र राजदूतपत्नी पुनम सुवेदीद्वारा अभिनित म्यूजिक भिडियो ‘दुख्ने मुटु’ सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ संगीतकार आलोकश्रीको संगीत तथा गायिका अन्जु पन्तको आवाज रहेको छ । भिडियोमा नायक ध्रुव दत्त र नायिका मिरुना मगरका साथै दूतावासका निवर्तमान उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीका दम्पतिको समेत अभिनय रहेको छ ।
भिडियोमा लण्डनमा प्रमुख स्थानहरु ट्राफगल स्क्वायर, अक्सफोर्ड स्ट्रीट, पिकाडेली सर्कस, बकिंगहम प्यालेस, हाइड पार्क का दृश्यहरु देख्न सकिनेछ । म्यूजिक भिडियोको निर्देशन, छायाँकन तथा सम्पादन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । करिब तीन दर्जन म्यूजिक भिडियो निर्देशन गरिसकेका श्रेष्ठले कूटनीतिक व्यक्तित्वलाई अभिनय गराउन पाउनु महत्वपूर्ण अवसर भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण