लिबियामा सात भारतीय अपहृत
लिबियामा सात भारतीयलाई अपहरण गरिएको छ । उनीहरु आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका बासिन्दा हुन् । ती सबै मानिसहरु त्यहाँ निर्माण र तेल आपूर्ती गर्ने कम्पनीमा काम गर्दथे ।
लिबियामा उनीहरुको अपहरण अश्वेरिफ नामको स्थानमा १४ सेप्टेम्बरमा गरिएको थियो । उनीहरु भारत जानका लागि फ्लाइट समाप्त त्रिपोली विमानस्थल जाँदै थियो र बाटोमा नै उनीहरुको अपहरण भएको बीबीसी हिन्दीले बताएको छ ।
सन् २०१५ सेप्टेम्बरमा भारत सरकारले एक निर्देशिका जारी गरेर सुरक्षा स्थितीलाई मद्देनजर गर्दै भारतीय नागरिकलाई लिबिया नजान सल्लाह दिएको थियो । त्यसपछि सन् २०१६ मे मा सरकारले स्थिती बिग्रिएको देखेर लिबिया जान पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध अहिले पनि जारी छ ।
विदेश मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘ट्युनिशियामा रहेको हाम्रो दूतावास जुन भारतीय नागरिकका लागि काम गर्छ, उसले यसका लागि लगातार काम गरिरहेको छ । दूतावासले लिबियाको सरकारसँग पनि कुरा गरेको छ । यसबाहेक विभिन्न अन्तरराष्ट्रिय संस्था जुन त्यहाँ सक्रिय छन्, हामीले उनीहरुसँग पनि मद्दत लिइरहेका छौं ता कि यी भारतीयलाई सकुशल फिर्ता ल्याउन सकियोस् ।’
‘सरकार यी सात मानिसहरुको परिवारको सम्पर्कमा छ र हामी उनीहरुलाई विश्वास दिलाउन चाहन्छौं कि उनीहरुलाई सकुशल फिर्ता ल्याउनका लागि हर–सम्भव प्रयास गरिरहेका छौं ।’
‘लिबियाली अधिकारी र त्यहाँ जो मानिसहरु काम गरिरहेका थिए, उनीहरुको मद्दतले हामी चाँडोभन्दा चाँडो नागरिकबारे पत्ता लगाउनेछौं र उनीहरुलाई अपहरणकर्ताको पासोबाट निकाल्नेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण