रौतहटमा डिजे बाजामाथि स्थानीय प्रशासनद्वारा प्रतिबन्ध, दसैँमा मन्दिरमा भीड गर्न नपाइने
रौतहट । डिजे बाजामाथि रौतहटस्थित स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्लाको विभिन्न भागमा हुुने धार्मिक, सामाजिक, राजनीतिक लगायतको कार्यक्रममा डिजे साउण्ड सिस्टम प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय रौतहटले उर्दी जारी गरेको छ ।
डिजे बाजाबाट ध्वनी प्रदूषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र समाजिक सद्भावमा प्रतिकुल प्रभाव पर्ने तथा विभिन्न दुर्घटना समेत रहेको तथ्यलाई मध्य नजर गर्दै जिला सुरक्षा समिति, जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिवारबसेको संयुक्त बैठकले जिला भित्र डिजे साउण्ड सिस्टम प्रतिबन्ध लगाउन सिफारिस गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले समुदायमा बाधा, अवरोध र जनस्वास्थ्यमा खराब असर परिरहेकाले अर्को सूचना जारी नभएसम्म जिल्लाको कुनै पनि स्थानमा डिजे साउण्ड सिस्टम, स्पीकर नराख्ने सुचना स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आदेश जारी गरेको छ । जिल्ला प्रशासनको निर्णय बेवास्ता गरेमा साउण्ड सिस्टम जफत गरीे प्रचलित कानुन बमोजिम कारवाही गर्ने सूचनामा उल्लेख रहेको छ ।
त्यसैगरी आउनै लागेको दसैँतिहार पर्वमा मठ मन्दिरमा भीडभाड नगरी पूजापाठ गर्ने र पशुबली नदिन जिल्ला प्रशासन कार्यालय रोैतहटले आग्रह गरेको छ ।
दुर्गापूजामा पाठको समय बिहान ७ बजेदेखी १० बजेसम्म र बेलुकी ६ बजेदेखि ९ बजेसम्म मात्र भजन किर्तनमा माईक प्रयोग गर्न निर्देशन दिएको छ ।
दुर्गा माताको मुर्ती सेलाउँदा कुन दिन कहाँ लग्नेबारे पूजा समितिले स्थानीय प्रहरी ईकायी तथा प्रहरी कन्ट्रोलमा खबर गर्न आग्रह गरेको छ ।
मुर्ती बिसर्जन बिहान ७ देखि बेलुकी ५ बजेभित्र बिना बाजागाजाको बढीमा २५ जन भित्रै गर्नुपर्ने सूचनामा उल्लेख रहेको छ ।
त्यसैगरी दुर्गापूजामा फूलपातीको डोला,बेल न्योतन,कलशयात्रा, मुर्ती बिसर्जनमा भीडभाड नर्गन जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा जारी गरिएको सूचनामा उल्लेख रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण