वालेटमार्फत् राजस्व बुझाउँदा शुल्क लाग्ने : कति राजस्व बुझाउँदा कति शुल्क लाग्छ ?
काठमाडौँ । वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी ब्यवस्थामा राजस्व भुक्तानी शुल्क थप भएको छ । सरकारलाई बुझाउने राजस्वको दर अनुसार ५ देखि ३० रुपैयाँसम्म शुल्क लाग्ने नेपाल राष्ट्र बैङ्कले जनाएको छ । यो ब्यवस्था माघ १ गतेबाट मात्र लागू हुनेछ । अहिले भने नेपाल राष्ट्र बैङ्कले कोभिडका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै करदाताका लागि पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क गर्न भनेको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार एक निर्देशन जारी गर्दै शुल्क निर्धारण गरेको हो ।
१ हजारको कारेबारमा शुल्क लाग्दैन । १ हजार १ रुपैयाँ देखि ३ हजार रुपैयाँसमम्को करोबारमा ५ रुपैयाँ शुल्क लाग्छ । त्यपछिको १० हजारसम्मको कारेबारमा १० रुपैयाँ प्रतिकारोबार लाग्छ । यस्तै १० हजारदेखि माथिको कारोबारमा प्रतिकारोबार ३० रुपैयाँ पैसा लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण