भ्रष्टाचारमा महिला संलग्नता न्यून
काठमाडौँ – समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन् भन्ने आरोप महिलाम(ाथि लगाइन्छ । के यो आरोप सत्य हो त ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ महिनाको अवधिमा भ्रष्टाचारजन्य कार्यमा संलग्न महिला तथा पुरुषको लैङ्गिक तथ्याङ्क सार्वजनिक गरेको छ । नेपालको सामाजिक बनोट पित्तृसत्तात्मक भएजस्तै भ्रष्टाचारजन्य कार्यमा पुरुषकै रजाइँ (रजगज) रहेको तथ्याङ्कले देखाउँछ । अख्तियारका अनुसार सो अवधिको भ्रष्टाचारजन्य कार्यमा ८९ प्रतिशतभन्दा बढी पुरुष संलग्न भएको पाइएको छ भने त्यस्ता कार्यमा महिलाको सहभागिता १०.७७ प्रतिशत मात्रै छ ।
आयोगले २०७४ फागुन २ देखि २०७७ भदौ २८ गतेसम्मको तथ्याङ्कमा कुल दुई हजार ३६७ जनालाई प्रतिवादी बनाएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कुल ९२३ वटा मुद्दामा पुरुष दुई हजार ११२ र महिला २५५ जनालाई प्रतिवादी बनाइएको छ ।
भ्रष्टाचारजन्य कार्यमा महिलाको सङ्ख्या न्यून हुनुको कारण के हो त ? निजामतीलगायतका सेवामा महिलाको सङ्ख्या नै न्यून भएर, अवसर नै नपाएर, इमानदार भएर, डराएर, नजानेर वा मिलाएर खान सक्ने खुबी भएर हो ?
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफ्नो जग्गाको कामको सिलसिलामा मातपोत कार्यालयमा पुग्दा त्यहाँका कर्मचारीले सीधै अतिरिक्त लाभको अपेक्षा गरेको घटना सुनाइन् । कार्कीको अनुभव छ, संसारभरि नै महिलाले कम भ्रष्टाचारजन्य कार्य गरेको पाइन्छ, थोरै रकम भए पनि मिलाएर खर्च गर्ने बानी हुन्छ, पुरुषजस्तो खर्चालु महिला हुँदैनन्, जुवा–तास खेल्ने, घुम्ने र फजुल खर्च गर्ने गर्दैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण