जातीय भेदभावको शिकार भएका थिए नवाजुद्दिन
भारतीय सुपरस्टार नवाजुद्दिन सिद्धिकी उत्तर प्रदेशको सानो गाउँमा हुर्किएका हुन् । भर्खरै आफ्नो अन्तर्वार्तामा सिद्धिकीले गाउँमा हुने गरेको जातीय भेदभावबारे बोलेका छन् । उनी भन्छन्,‘मेरी हजुरआमा सानो जातिकी थिइन् । यही कारण आज पनि त्यहाँको समाजले हामीलाई स्विकार गरेन ।’
उनले थपे, ‘म चर्चित हुनुले उनीहरुलाई केही फरक पर्नेवाला छैन । जातीयता उनीहरुभित्र गहिराइमा बसेको छ । उनीहरुको रगतमा छ । उनीहरु यसलाई गौरव मान्छन् ।’
उत्तर प्रदेशको हाथरसमा भएको बलात्कार घटनाबारे नवाजुद्दीन भन्छन्, ‘जो गलत हो, त्यो गलत नै हो । हाथरसमा जे भयो, त्यसविरुद्ध कलाकारहरुले पनि बोलिरहेका छन् । बोल्न निकै जरुरी छ र यो निकै नै दुग्भार्यपूर्ण घटना हो ।’
यसअघि नवाजुद्दिनले आफ्नो अन्तर्वार्ताका क्रममा आफ्नो कालो छालालई लिएर पनि कुरा गरेका थिए । ‘म फेयरनेश क्रिमहरुको प्रयोग गर्दै ठूलो भएको हुँ । मैले आफैंलाई गोरो बनाउन धेरै समय बर्बाद गरें,’ उनले भने, ‘बलिउडको मुलधारमा तपाईँले कुनै पनि अभिनेता वा अभिनेत्रीलाई कालो देख्नुभएको छ ? पहिले मलाई निकै हिन भावना महसुस हुन्थ्यो, तर पछि मैले निकै राम्रो महसुस गरेँ । जब तपाईँले आफ्नो अनुहारलाई केही गर्न सक्नुहुन्न भने आफ्नो काममा ध्यान केन्द्रीत गर्नुपर्छ । मलाई लाग्थ्यों कि अनुहार र व्यक्तित्वको मामिलामा म केही पनि होइन, तर यस सोचबाट बाहिर निस्कन मलाई थोरै समय लाग्यो । तर मलाई खुसी लाग्छ कि मैले यसबाट बाहिर निस्किने फैसला गरें ।’
नवाजुद्दिन आफ्नो दमदार अभिनयका लागि चिनिन्छन् । १९९९ मा प्रदर्शनमा आएको ‘सर्फरोज’ फिल्ममा सानो भूमिका निभाउँदै उनले बलिउड यात्रा थालेका थिए । २००७ मा प्रदर्शनमा आएको ब्ल्याक फ्राइडेले नवाजुद्दिनलाई बलिउडमा नोटिस गरायो । ग्याङ्स अफ वासेपुर, बदलापुर, माझी– द माउन्टेन म्यानलगायत फिल्महरुमा अभिनय गरेपछि नवाजुद्दिन धेरै समर्थकमाझ चर्चित बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण