गाडी आयातमा लगाइएको ५० हजारको सिलिङ हट्यो
काठमाडौं । सरकारले गाडी आयातमा लगाएको ५० हजार डलरको सिलिङ्ग हटाएको छ । असोज २२ गते बसेको मन्त्रिपरिषदको बैठकले यसअघि सरकारले लागू गरेको ५० हजार डलर माथिको सवारी आयातमा लगाएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो । योसँगै अब नेपाली अटोमोबाइल व्यवसायीहरुलाई जतिपनि महङ्गा र लग्जरी गाडीहरु भित्र्याउन र बिक्री वितरण गर्न बाटो खुलेको छ ।
यसअघि सरकारले महङ्गा गाडीलाई विलासिताको साधनको रुपमा व्याख्या गर्दै ५० हजार डलर माथिको गाडी आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको सो निर्णयले स्वदेशी धनाढ्यसँगै विदेशी कुटनीतिक नियोग,कुटनीतिक सुविधा प्राप्त संघ संस्था तथा विदेशी कर्मचारीहरु समेतले नीजि प्रयोगका लागि महङ्गा गाडी किन्न पाउने अवस्था थिएन । तर सरकारले आफ्नै पूर्व निर्णयलाई उल्टाउँदै पुनः निर्णय गरेसँगै तत्कालका लागि यो बन्देज हटेको छ ।
५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाइ परेकाले सवारी आयातमा लगाइएको बन्देज फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।
योसँगै सरकारले गत चैत २४, २०७६ मा विदेशी मदिराजन्य पदार्थमा लगाएको प्रतिबन्ध समेत फुकुवा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण