जनरल इन्स्योरेन्सको मंगलबारबाट सेयर कारोबार हुने
सोमबार, २६ असोज २०७७, १२ : ५९
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार मंगलबारबाट हुने भएको छ । इन्स्योरेन्सको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच सोमबार (असोज २६ गते) सेयर सूचीकरण सम्झौता भएको हो । कारोबार भने भोलिबाट हुनेछ ।
नेप्सेमा सूचीकृत कुल सेयरमध्ये ३० लाख कित्ता हालै बिक्री गरेको आइपीओ पनि समावेश गरिएको छ । जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गरेको थियो । उक्त आइपीओमा २ लाख ७३ हजार जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका थिए । ५ लाखभन्दा बढी आवेदकको हात खाली भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण