राजेश हमालको कार्यक्रम ‘जातको प्रश्न’ विवादमा

काठमाडौं – अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ । क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक संजाललगायत चारैतिर चर्काे विरोध हुन थालेका छन् ।
समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु भएको थियो । तर कार्यक्रम हिन्दुबिरोधी भएको भन्दै बिरोध हुन थालेको हो ।
‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि निसानामा परेका छन् । हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज समेत गुन्जन थालेका छन् ।
सामाजिक संजालमा कार्यक्रमको चर्काे बिरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाउदै चर्काे विरोधसमेत गरेका छन् ।
कार्यक्रममार्फत हमालले नेपाली हिन्दु समाजको बदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले बताउँदै आएका छन् । नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउनु पर्ने माग यादवको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह