हाजिर नै नगरी उपमहानगरपालिकाका अधिकृत सरुवा
जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म कार्यालयमा भएका छैनन् । जनकपुरधाम उपमहानगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदै अन्यत्रै सरुवा भएको बताइएको छ ।
असोज १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको सरुवा गरेको थियो । जसमध्ये विनोदकुमार खड्कालाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा पठाएको थियो । तर जनकपुरधाम आईपुगेका खड्का हाजिर एक पटक पनि हाजिर नगरी अन्यत्रै सरुवा भएर गएका हुन् । यस कार्यालयमा सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत खड्का हाजिर नै नभई अन्यत्र सरुवा भएको उपप्रमुख रिताकुमारी मिश्रले बताईन् । उनले भनिन्– ‘यहाँ सरुवा भई प्रमुख प्रशासकीय अधिकृत आएको मलाई त जानकारी नै छैन र उहाँसँग मेरो भेट पनि भएको छैन ।’
निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवले अब एकाध दिनमै नयाँ प्रमुख प्रशासकीय हाजिर हुने जानकारी दिए । सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत खड्काको भने हजिर हुने बाटोको म्याद समेत गुज्रेको एक महिनाभन्दा बढी भइसकेको छ । खडका स्थानीय सरकार गठन भएको तेश्रो वर्षमा ८ औँ प्रशासकीय अधिकृतको रुपमा जनकपुर आउन लागेका थिए, तर उनी हाजिर नहुँदै सरुवा भएर गएको जनाइएको छ ।
उपमहानगरमा पछिल्लो ३ वर्षमा ८ जनाभन्दा बढी प्रमुख प्रशासकीय अधिकृत आएर सरुवा भइसकेका छन् । कार्यालयमा जुन प्रमुख प्रशासकीय अधिकृत आएपनि ३ महिना भन्दा बढी नटिक्ने गरेको एक कर्मचारीले बताए । तर यसपाली आउन लागेका नयाँ प्रमुख प्रशासकीय अधिकृत भने कार्यालयमा नआईकनै अन्यत्र सरुवा भएको सुनिएको ती कर्मचारीले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनताका उपमहानगरपालिकामा अर्जुन सुवेदी प्रमुख प्रशासकीय अधिकृत थिए । त्यसपछि मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार, धर्मानन्द जोशी, गोपालप्रसाद रेग्मी र अहिले विनोदकुमार खड्का प्रमुख प्रशासकीय अधिकृत पदमा हाजिर हुने पालो थियो । तर खड्का भने उपमहानगरमा हाजिर नै नभएरै सरुवा भएर गएका छन् । कोरोना महामारीमा उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहँदै आयो । सोही क्रममा मन्त्रालयले सरुवा गराएर पठाएका प्रमुख प्रशासकीय अधिकृत पनि हाजिर नहुँदै सरुवा भएपछि महिनौँदेखि कार्यालयका विभिन्न काम कारवाहीहरु प्रभावित हुँदै आएको जनाइएको छ ।
यसैबीच खड्काले भने आफूलाई सरुवाको अहिलेसम्म पत्र प्राप्त नभएको बताएका छन् । उनले आफू अहिलेसम्म उद्योग मन्त्रालयमा हाजिर हुँदै आएको भन्दै उनले पत्र पाएपछि तोकिएको ठाउँमा हाजिर हुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण