सिरहाको गोबजार र मिर्चैया नगारपालिकामा माओवादीको अग्रता
सिरहा–सिरहाको गोलबजार र मिर्चैया नगारपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।
गोलबजार नपामा ४४८ मत गन्दा नेकपा माओवादी केन्द्रका मेयरले १५२ र उपमेयरले १४८ मत प्राप्त गरेको छ । नेकपा एमालेका मेयर र उपमेयरले क्रमशः ८९ र ८६, मत प्राप्त गरेका छन् । काग्रेका मेयरले ८७ र उपमेयरले ९४ मत प्राप्त गरेका छन् । संघिय समाजवादी फोरमले भने ५८ र ५९ मत प्राप्त गरेको छ । जसमध्ये १५ मत बदर भएको छ ।
मिर्चैया नगारपालीकामा चार सय मत खसेको मध्ये नेकपा माओवादी केन्द्रलका मेयरले १९३, नेकपा एमालेले ८३ र नेपाली कागे्रसले ४७ मत प्राप्त गरेका छन् ।
औरही गाउँपालीकामा ६०५ मत गन्दा नेपाली काग्रेसका मेयर र उपमेयरले ११०÷१३३, नेकपा एमालेले ३९÷४३, नेकपा माओवादी केन्द्र १४३ /१४१ र संघिय समाजवादी फोरमले २६७÷२४५ मत प्राप्त गरेका छन् । १९ मत बदर भएको जनाएको छ ।
त्यसैगरी लहान नगरपालीकामा नेपाली काग्रेसका मेयर पदका उम्मेदवारले ५६६, नेकपा एमालेले ५०६, संघिय समाजवादी फोरमले ५६७ र राप्रपा नेपाल (गाई) ले ५३७ मत प्राप्त गरेका छन् । लहान ९ बजेसम्मको मत परिणाम अनुसार संघिय समाजवादी फेरम अगाडी देखिएको छ ।
निर्वाचन कार्यालयले सिरहामा मत गणगणनास्थललाई सुरक्षित बनाएर मत गणना गरिरहेको छ । मत गणणालाई सुरक्ष्निात बनाउन डोरी तथा भाटाका बारहरु बनाएर कर्मचारी एकातर्फ र दलिय प्रतिनीधी अर्को तर्फ बसेर मत गन्नेकाम भईरहेको प्रमुख निर्वाचन अधिकृत अमृत बहादुर वस्नेतले बताए ।
यता सिरहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । पछिल्लो जानकारीअनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानल विजयी भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिए ।
उनको प्रतिद्धन्द्धी नेकपा एमाले रहेको जनाइएको छ । कर्जन्हा नगरपालीकामा पनि नेकपा माओवादीको अग्रता रहेको जनाएपनि मत परिणा सार्वजनिक भएको छैन । यस्तै लहान नगारपालीकाको २ नम्वर वडामा नेपाली काग्रेसका वडाअध्यक्ष उम्मेदवार सियाराम यादव २९९मतका साथ विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण